बालबालिकालाई दैनिक दुई घन्टा खेलकुदमा लगाउनुपर्छ : मन्त्री चौधरी

हिमाल प्रेस ११ पुष २०८१ १३:३२ | Thursday, December 26, 2024
बालबालिकालाई दैनिक दुई घन्टा खेलकुदमा लगाउनुपर्छ : मन्त्री चौधरी युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी। फाइल तस्बिर

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति बढिरहेको भन्दै विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लगाउन अभिभावकहरुसँग आग्रह गरेका हुन्।

उनले खेलकुदले शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नुका साथै खराब संगत गर्नबाट जोगाउने बताए। उनले खाली समयमा विद्यार्थीलाई खेलकुदका गतिविधिहरुमा संलग्न गराउन आवश्यक रहेको बताए।

उनले भने, ‘आजकालका विद्यार्थीमा धेरै मोबाइल चलाउने प्रवृत्ति विकास भएको छ। अभिभावकहरुमा पनि धेरै मोबालाइल चलाउने प्रवृत्ति विकास भएको छ। अभिभावकले त चलाए चलाए, सन्तान पनि बढी मोबाइल चलाउने भए। तपाईंका छोराछोरीहरु साँच्चै सुधार्न चाहनुहुन्छ भने, राम्रो बनाउन चाहनुहुन्छ भने हप्ताको दुई घण्टा, तीन घण्टा खेलकुदमा लगाउन आग्रह गर्दछु। शारीरिक र मानसिक रुपमा राम्रो हुन्छ नै पढाइको स्तर बढ्न सक्छ। खराब संगतमा जानसक्दैन। स्कुलपछिको दुई घण्टा खेलकुदमा लगाउनुस्।’

मन्त्री चौधरीले बालबालिकालाई उनीहरुले चाहेको खेलकुदका विभिन्न विधामा खेलाउन आग्रह गरे।

प्रकाशित: ११ पुष २०८१ १३:३२ | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast