विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री

हिमाल प्रेस ११ पुष २०८१ १३:२२
8
SHARES
विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री गृहमन्त्री रमेश लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायबारेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए। उनले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताए। उनले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको बताए।

उनले भूगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरुलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए।

गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए। उनले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्यूनीकरण गर्न नसकिने बताए।

प्रकाशित: ११ पुष २०८१ १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast