एकै दिनमा हिरासतबाट छुटे निकोलस भुसाल

हिमाल प्रेस ९ पुष २०८१ ६:३८ | Tuesday, December 24, 2024
एकै दिनमा हिरासतबाट छुटे निकोलस भुसाल

काठमाडौँ- रवि लामिछानेको तस्बिर हिरासतबाट बाहिरिएको अभियोगमा पक्राउ परेका निकोलस भुसाल सोमबार छुटेका छन्। कास्की जिल्ला अदालतले भुसालविरुद्ध म्याद थप गर्न अस्वीकार गरेपछि उनी बाहिरबाट नै मुद्दा लड्न पाउने भएका छन्।

कास्की प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराए पनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो। अदालतले हिरासत बाहिरै राखेर उनीमाथि अनुसन्धान गर्न आदेश दिएसँगै भुसाललाई छाडिएको कास्की प्रहरीका एक अधिकृतले जानकारी दिए ।

रास्वपाका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा उनी आइतबार काठमाडौँबाट पक्राउ परेका थिए। काठमाडौँबाट उनलाई सोमबार पोखरा लगिएको थियो ।

प्रकाशित: ९ पुष २०८१ ६:३८ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast