जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री ओलीको बधाई

हिमाल प्रेस ६ पुष २०८१ १६:१० | Saturday, December 21, 2024
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर बोल्ट्सलाई बधाई दिएका छन्।पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि हात पारेकोमा प्रधानमन्त्री ओलीले जनकपुर बोल्ट्सलाई बधाइ दिएका हुन्।

‘बधाई जनकपुर बोल्ट्स, एनपीएल उपाधि हात पारेकोमा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्

फाइनल खेलसँगै नेपाली क्रिकेटको महापर्व सकिएको उनले बताएका छन्।

‘बधाई जनकपुर बोल्ट्स, एनपीएल उपाधि हात पारेकोमा। आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो,’ ओलीले भनेका छन्,‘यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ। एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद। फेरि पनि बधाई जनकपुर बोल्ट्स।’

प्रकाशित: ६ पुष २०८१ १६:१० | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast