इतिहासको हिसाबले मैथिली पहिलो भाषा हो : बाबुराम भट्टराई

हिमाल प्रेस ५ पुष २०८१ २१:२८ | Friday, December 20, 2024
इतिहासको हिसाबले मैथिली पहिलो भाषा हो : बाबुराम भट्टराई

सिरहा– सिरहा सदरमुकाममा ३५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन तथा सिरहा साहित्य स‌ंगम बुधबारदेखि सुरु भएको छ। सम्मेलन चार दिनसम्म सञ्चालन हुनेछ।

यहाँस्थित चन्द्र नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्मेलनको उद्घाटन गर्दै मैथिली संस्कृतिका लोकगाथा र लोकबोली अन्य भाषाभन्दा पुरानो रहेको उल्लेख गरे।

‘मैथिली भाषा नेपालमा बोलिने भाषामध्ये दोस्रो स्थानमा भए पनि इतिहासका हिसाबले पहिलो भाषा हो,’ उनले भने, ‘त्यसैले प्रदेश सरकारले मैथिली भाषा र साहित्यबारे कसरी अगाडि बढ्ने भन्ने स्पष्ट नीति बनाउन आवश्यक छ। ऐतिहासिक मैथिली साहित्य, कला र संस्कृतिको विकास र सम्मानमा यस सम्मेलनले योगदान पु¥याउने विश्वास लिएको छु।’

भट्टराईले मधेश भौगोलिक हिसाबले समृद्ध भए पनि आर्थिक र सामाजिक सूचकाङ्कमा पछाडि रहेको भन्दै चिन्ता व्यक्त गरे।

कार्यक्रमका संयोजक रामरिझन यादवले शुक्रबार र शनिबार सिरहा सदरमुकाम तथा आइतबार र सोमबार गोलबजारस्थित अतिथि सदनमा कार्यक्रम हुने बताए। उनका अनुसार कार्यक्रममा मैथिली भाषाको विकासका सम्बन्धमा वक्ताहरूले बहस गर्नेछन्।

यसैगरी सिरहाको आर्थिक, राजनीतिक, सामाजिक, स्वास्थ्य, शिक्षा, कृषि, वैदेशिक रोजगारलगायत विषयवस्तुमाथि पनि बहस तथा संवाद हुनेछ।कार्यक्रममा मानव अधिकारवादी नेता कृष्ण पहाडी, नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट आएका मैथिली भाषा, साहित्य तथा संस्कृतिका जानकारहरूको सहभागिता रहेको थियो।

प्रकाशित: ५ पुष २०८१ २१:२८ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast