एसिया कप क्रिकेट : बंगलादेशसँग नेपाल पराजित

हिमाल प्रेस ५ पुष २०८१ १६:५९ | Friday, December 20, 2024
एसिया कप क्रिकेट :  बंगलादेशसँग नेपाल पराजित फाइल तस्बिर।

काठमाडौँ– एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बंगलादेशसँग नौ विकेटले पराजित भएको छ।

मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग नेपाल नौ विकेटले पराजित भएको हो। जितसँगै बंगलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको छ।

आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो। जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडएको थियो। जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बंगलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा ग¥यो।

बंगलदेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले १८ रन बनाइन्। साथै सुमैया अख्तरले १० रन जोडिन्। नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन्। कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए। बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक÷एक विकेट लिए।
बंगलादेशसँग पराजित भएसँगै नेपालको फाइनलमा पुग्ने यात्रामा विराम लागेको छ।

प्रकाशित: ५ पुष २०८१ १६:५९ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast