कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको साधारणसभा सम्पन्न

हिमाल प्रेस ३ पुष २०८१ १७:२८
216
SHARES
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको साधारणसभा सम्पन्न

काठमाडौँ- कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सेयरधनीहरुको प्रथम वार्षिक साधारणसभा अध्यक्ष हेमराज बडालको अध्यक्षतामा धुलिखेलमा सम्पन्न भएको हो।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ।

सञ्चालक समिति सदस्यहरुका रूपमा सुना सुवेदी, नवराज पौड्याल, अनिश बडाल, दिवेश थापा निर्बिरोध निर्बाचित गरेको छ भने स्वतन्त्र सञ्चालकका हकमा निरज कार्की नियुक्त भएका छन्। कम्पनीको कुल चुक्ता पुँजीको १४.८६ प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको छ। नवनिर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता गणेश सिग्देलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

प्रकाशित: ३ पुष २०८१ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast