रविचन्द्रन अश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

हिमाल प्रेस ३ पुष २०८१ १५:२२
8
SHARES
रविचन्द्रन अश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास रविचन्द्रन अश्विन

काठमाडौँ- भारतीय क्रिकेट टिमका अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

ब्रिसबेनमा अस्ट्रेलियाविरूद्धको टेस्ट म्याच बराबरीमा टुंगिएपछि अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। म्याचपछि उनले भारतीय क्रिकेट टिमसँग आफ्नो अन्तिम दिन रहेको बताए।

म्याचपछि कप्तान रोहित शर्मासँग पत्रकार सम्मेलनमा आएका उनले सन्यासको घोषणा गरेका थिए।

उनले भने,‘अन्तर्राष्ट्रियस्तरमा भारतीय क्रिकेटका रूपमा मेरो यो अन्तिम दिन हो। म अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्मेटबाट सन्यास लिइरहेको छु। क्रिकेटका लागि मसँग अझै केही बाँकी छ। तर, म यसको प्रदर्शन क्लबस्तर क्रिकेटमा गर्ने छु।’

आफ्नो करियरका क्रममा खेलको उल्लेख्य रोमाञ्च उठाएको बताउँदै उनले कैयौँ सम्झनाहरू अविस्मरणीय रहने उल्लेख गरे।

३८ वर्षीय अश्निले आफ्नो क्रिकेट करियरमा १०६ म्याच खेलेर ५३७ विकेट लिए। उनले आठपटक १० विकेट लिएका थिए।

ब्याटरका रूपमा पनि अश्विनको प्रदर्शन राम्रो रह्यो। उनले ६ शतक र १४ अर्धशतक बनाएका थिए।

प्रकाशित: ३ पुष २०८१ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast