घट्यो नेप्से परिसूचक

हिमाल प्रेस ३ पुष २०८१ १५:३२ | Wednesday, December 18, 2024
घट्यो नेप्से परिसूचक

काठमाडौँ- धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ। चार अर्ब २७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। यस दिन ८१ कम्पनीको सेयर मूल्य बढेको छ। १४९ कम्पनीको सेयर मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ।

उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीको सेयर मूल्य प्रतिकित्ता तीन हजार रुपैयाँभन्दा बढी छ। कुथेली बुखरी स्मल हाइड्रोपारको सेयर मूल्य ९.९० प्रतिशतले घटेर दुई हजार ६७६ रुपैयाँ कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

प्रकाशित: ३ पुष २०८१ १५:३२ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast