रामकुमारी झाँक्री समाजवादी पार्टीको विद्यार्थी इन्चार्ज

हिमाल प्रेस ३ पुष २०८१ १०:३२ | Wednesday, December 18, 2024
रामकुमारी झाँक्री समाजवादी पार्टीको विद्यार्थी इन्चार्ज रामकुमारी झाँक्री। फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीले पाएकी छन्। महाधिवेशनको ५ महिनापछि भएको कार्यविभाजनबाट झाँक्रीले सोही जिम्मेवारी पाएकी हुन्।

२६ मंसिरमा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले कार्यविभाजनको टुंगो लगाएको हो। उनी पार्टीको उपाध्यक्षमा हारेकी नेत्रृ हुन्। पाेलिट्ब्युरो सदस्यमा जितेकी झाँक्री स्थायी कमिटी सदस्यमा मनोनीत भएकी थिइन्।

विद्यार्थी संगठन अनेरास्ववियूकी पूर्व अध्यक्ष समेत रहेकी उनी लामो समयपछि विद्यार्थीको नेतृत्वमा फर्किएकी छन्।

प्रकाशित: ३ पुष २०८१ १०:३२ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast