सेयर बजारमा सामान्य वृद्धि

हिमाल प्रेस २ पुष २०८१ १६:२१ | Tuesday, December 17, 2024
सेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ-  सोमबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्स) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ। नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले बढेर दुई हजार ६ सय ३३ दशमलव ८७ विन्दुमा कायम भएको हो।

आज तीन सय १८ कम्पनीको ८९ लाख ३९ हजार तीन सय ४८ हजार कित्ता शेयर ५३ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार सात सय ४० बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १७, वित्त शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव १४, लघुवित्त शून्य दशमलव ५६, निर्जीवन बीमा शून्य दशमलव १९, व्यापार शून्य दशमलव ५९ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ।

अरु सबै समूहको उपसूचक घटेको छ। विकास बैंक शून्य दशमलव ६५, लगानी शून्य दशमलव २१, जीवन बीमा शून्य दशमलव १५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४४ र म्युचुअल फन्ड शून्य दशमलव ४८ प्रतिशतले घटेको छ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको रू २२ करोड २४ लाख तीन हजार नौ सय ६४ बराबरको दुई लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: २ पुष २०८१ १६:२१ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast