दाङमा ‘कर्मा’ को छायांकन

हिमाल प्रेस २ पुष २०८१ ११:३१ | Tuesday, December 17, 2024
दाङमा ‘कर्मा’ को छायांकन

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘कर्मा’को भइरहेको छ। दाङको घोराहीमा पुस २८ (शुक्रबार) देखि फिल्मको छायांकन चलिरहेको छ। निर्माण टिमका अनुसार फिल्मको छायांकन ४० दिन दाङ र ६ दिन रुकुम गर्ने तालिका छ।

एक्सन ड्रामा जनरामा निर्माण हुने फिल्मकाे कथा निर्देशक चौधरीले नै लेखेका हुन्। फिल्मको मुख्य भूमिकामा कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्य देवरहेका छन्। फिल्ममा विपिन र उपासना जोडीको रूपमा देखिने छन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन्।

फिल्म आगामी नयाँ वर्षको अवसरमा चैत २९ मा प्रदर्शन गर्ने टिमको तयारी छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा बसन्त लम्सालले लगानी गरेका छन्।

निर्देशक चौधरीले यसअघि फिल्म ‘अगस्त्यः च्याप्टर- १’ को निर्देशन गरेका थिए भने तीन वर्षअघि ‘लभ डायरिज’।

प्रकाशित: २ पुष २०८१ ११:३१ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast