काठमाडौँ- शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक–२०८० ले धेरै ठूलो प्रेसर दिएको बताएका छन्।
‘विद्यालय शिक्षा विधेयक धेरै ठूलो प्रेसर दिएको छ। पब्लिकमा पनि यो छिटो छिटो आएको भए, छिटो ल्याएर फटाफट केही गर्न सकिन्छ भन्ने छ। स्थानीय तह शिक्षक साथीहरूको प्रेसर र स्थानीय तहको प्रेसर छ। सबैको बुझाइ के छ भने गाउँपालिका र नगरपालिकामा जुन किसिमको कानुन पास हुन्छ संघीय संसदमा पनि त्यसैअनुसार गर्नुपर्छ, दुई तीन दिन छलफल गर्नुस्, चौथो दिइनमा भइहाल्छ नि भन्ने छ,’समितिको बैठकमा थापाले सुनाए।
सभापति थापाले कानुन बनाइए पनि कार्यान्वयन भने नहुने बताए। उनले भने, ‘हामी कानुन बनाउँछौं। कार्यान्वयन गर्दैनौं।’
समितिमा हाल उक्त विधेयकमाथि निरन्तर छलफल भइरहेको छ।
प्रकाशित: ३० मंसिर २०८१ १७:३२ | Sunday, December 15, 2024
प्रतिक्रिया




