मनकामना केबलकार २ दिन बन्द हुने

हिमाल प्रेस ३० मंसिर २०८१ १४:०० | Sunday, December 15, 2024
मनकामना केबलकार २ दिन बन्द हुने

गाेरखा- गाेरखाकाे मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए।

टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको उनकाे भनाइ छ।
आगामी पुस ३ गते बुधबारदेखि भने केबलकार सेवा नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताए। सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो।

केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका-४ चेरेसमा पर्छ।

प्रकाशित: ३० मंसिर २०८१ १४:०० | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast