जसपाले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने

हिमाल प्रेस २९ मंसिर २०८१ २०:२६ | Saturday, December 14, 2024
जसपाले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’ लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज सम्पन्न कार्यकारिणी समिति बैठकले संगठन विस्तार अभियान प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो। बैठक शुक्रबार सुरु भएको थियो।

बैठकले स्थानीय तह उपनिर्वाचनमा मधेश प्रदेशसहित जसपा नेपालले देशैभरिबाट प्राप्त गरेको मत परिणाम सन्तोषजनक रहे पनि पर्याप्त नरहेकाले संगठन निर्माण एवं विस्तार अभियानलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए।

बैठकले पूर्वपश्चिम राजमार्ग केन्द्रीत संगठनात्मक गतिविधि सञ्चालन र संगठन निर्माणका लागि विशेष कार्ययोजना तयार गर्ने निर्णयसमेत गरेको उनले बताए।

महाधिवेशनपछि थप भएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आगामी फागुन १५ गतेभित्र आद्यावधि गर्ने, पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत महिनाभित्र सम्पन्न गर्ने र आगामी वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता सुमनले बताए।

तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृ संगठन स्वतः विघटन हुनेसमेत निर्णय गरिएको जसपाले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०८१ २०:२६ | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast