‘माग्ने राजा’ बन्दै केदार घिमिरे

हिमाल प्रेस २७ मंसिर २०८१ १४:२९ | Thursday, December 12, 2024
‘माग्ने राजा’ बन्दै केदार घिमिरे

काठमाडौँ- ऋषि लामिछानेकाे निर्देशनमा फिल्म ‘माग्ने राजा’ बन्ने भएको छ। निर्माण टिमले बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन्।

पोस्टरमा कलाकार केदार घिमिरे नाम अग्र स्थानमा छ। उनकै क्यारेक्टरलाई अंकित गरिएको नामअनुसार घिमिरे मुख्य भूमिकामा देखिने अनुमान गर्न सकिन्छ। यसबारे टिमले खुलाएको छैन्। फिल्ममा अन्य कलाकारको नाम पनि सार्वजनिक गरेका छैन्।

पोस्टरमा फिल्मको छायांकन फागुन १ देखि सुरु हुने उल्लेख छ। फिल्मको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन्। आरम्भ प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा मुनाल घिमिरेको लगानी गर्नेछन्।

८ वर्षपछि फिल्म निर्देशनमा फर्किएका हुन् ऋषि लामिछाने। यसअघि उनले ‘किस्मत २’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘श्रीमान श्रीमती’लगायत फिल्म बनाएका थिए।

प्रकाशित: २७ मंसिर २०८१ १४:२९ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast