नक्कली प्रमाणपत्र पेस गरेका सशस्त्रका इन्स्पेक्टरविरुद्ध मुद्दा दायर

हिमाल प्रेस २६ मंसिर २०८१ १५:३५ | Wednesday, December 11, 2024
नक्कली प्रमाणपत्र पेस गरेका सशस्त्रका इन्स्पेक्टरविरुद्ध मुद्दा दायर

काठमाडौँ- सशस्त्र प्रहरी निरीक्षकबाट राजीनामा दिएका छविलाल कुँवरमाथि नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कुँवरले अनुसन्धान सुरु भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं २९ गण ज्वालामाई दाङबाट राजीनामा दिएका थिए। कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो।

अनुसन्धानमा कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको अख्तियारको आरोप छ।

झुटा प्रमाण पत्रकै आधारमा राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार कारबाहीको माग गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८१ १५:३५ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast