गण्डकी प्रदेशसभा सदस्यले लिए शपथ (फोटो फिचर)

विजय नेपाल १४ पुष २०७९ १६:५४ | Thursday, December 29, 2022
गण्डकी प्रदेशसभा सदस्यले लिए शपथ (फोटो फिचर)

पोखरा– गण्डकी प्रदेशसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार प्रदेशसभा भवन नदीपुरमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदलाई शपथ खुवाएका हुन्। प्रदेशसभामा ६० जना सदस्यमध्ये ज्येष्ठ सदस्य बस्यालले बुधबारमात्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। उनले अन्य ५९ जना प्रदेश सभा सदस्यलाई सामुहिक रुपमा सपथ खुवाएका हुन्। गुरुङ सांसदहरू पार्वती तामाङ, सरस्वती गुरुङ र पञ्चराम गुरुङले मातृभाषामा शपथ खाए। प्रदेश सभा सदस्यहरु जातीय पोसाकमा सजिएका थिए।

नयाँ सदस्यको स्वागतमा प्रदेश सभा भवन सिंगारिएको थियो। शपथपछि प्रदेशसभा सचिवालयले उनीहरूलाई प्रतीक चिन्ह लोगो प्रदान गरेको थियो। ६० सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो। कांग्रेसका २७ सदस्य छन्। यहाँ एमाले दोस्रो ठूलो दल हो । एमालेका २२ सदस्य छन्। माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ सदस्य छन्। पछिल्लो समीकरण अनुसार एमाले–माओवादी गठबन्धनले सरकार बनाउने तयारी गरेको छ। मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी प्रमुख दाबेदार छन्। यसैबीच, प्रदेशसभा अधिवेशन पुस १८ देखि सुरु हुँदैछ। प्रदेश प्रमुख गुरुङले पुस १८ दिउँसो ३ बजेको लागि अधिवेशन आह्वान गरेका हुन् । त्यसको एकसाताभित्रै यहाँ नयाँ सरकार बन्ने देखिन्छ।

प्रकाशित: १४ पुष २०७९ १६:५४ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast