लगालग बढ्यो सुनको भाउ, कति पुग्यो?

हिमाल प्रेस २५ मंसिर २०८१ १०:५९ | Tuesday, December 10, 2024
लगालग बढ्यो सुनको भाउ, कति पुग्यो?

काठमाडौँ- नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित: २५ मंसिर २०८१ १०:५९ | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast