कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष गिरीको निधन

हिमाल प्रेस २१ मंसिर २०८१ २१:३३
14
SHARES
कैलालीको  मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष गिरीको निधन प्रतीकात्मक तस्बिर।

कैलाली– कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ। दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा शुक्रबार दोदोधरा अस्पताल बौनियामा निधन भएको हो।

उनी वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनका श्रीमतीसहित दुई छोरा र एक छोरी छन्।

नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका गिरीको शनिबार फलेबिसौनामा अन्त्येष्टि गरिने नेपाली कांग्रेस कैलालीका नेता देवानन्द जैशीले जानकारी दिए।

प्रकाशित: २१ मंसिर २०८१ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast