दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो एनपीएलकै ठूलो लक्ष्य

हिमाल प्रेस १८ मंसिर २०८१ १०:५२
6
SHARES
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो एनपीएलकै ठूलो लक्ष्य

काठमाडौँ-  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनायो। एनपीएलको यो नै हालसम्मको ठूलो स्कोर हो।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५७ रनको अविजित अर्धशतकीय पारी खेले। ब्रेन्डन मक्मेलनले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन जोडे। पाँचौ ओभरको अन्तिम बलमा अनिल खरेलको बलमा ३ बलमा ७ रन जोडेका मक्मेलनको स्टपिङ आउट गराउन विराटनगरका विकेटकिपर लोकेश बम चुकेका थिए।

विनोद भन्डारीले २० बलमा ४ चौकाको सहयोगमा २३ रन जोडे । दोस्रो विकेटका रुपमा सुदूरपश्चिमले ओपनर विनोदलाई गुमाएको थियो। विनोद पाँचौ ओभरको चौथो बलमा अनिल खरेलद्वारा आउट भए ।

इशान पान्डेले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । १७औं ओभरको पाचौं बलमा इशान रन आउट भए ।

त्यसअघि पहिलो विकेटका रुपमा सुदूरपश्चिमले अमित श्रेष्ठलाई १ रनमा गुमाएको थियो । अमित दोस्रो ओभरको अन्तिम बलमा इस्मत आलमको बलमा मार्टिन गप्टिलबाट समातिए ।

आरिफ शेखले ५ बलमा २ चौकाको सहयोगमा ९ रन जोडे। आरिफ छैठौं ओभरको चौथो बलमा बसिर अहमदको बलमा निकोलस किर्तनबाट क्याच आउट भए । सेफ जेबले १५ बलमा १ छक्काको सहयोगमा १४ रन जोड्दै अनिल खरेलको बलमा बोल्ड आउट भए ।

विराटनगरका लागि अनिल खरेलले ३ तथा इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान १ विकेट लिए । विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम भने पहिलो खेल खेल्दैछ । मंगलवारको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुदैछ ।

 

प्रकाशित: १८ मंसिर २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast