 
                             
                                            लुम्बिनी- लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेकाे छ। बैठकले यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने निर्णय गरेकाे छ। याे निर्णय अनुसार अब काेहलपुरमा यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार हुनेछ।
बैठकले पटके जाँचपासदेखि राजश्व संकलनका लागि काेहलपुरमा यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी बताए।
बैठकले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत रहेकाे यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन दाेस्राे संशोधन कार्यविधि २०८१ स्वीकृत गरेकाे छ।
संशाेधित कार्यविधि अनुसार अब अवधि पुगेका र सम्पन्न भएका स्मार्ट कृषि गाउँकाे संरक्षण, सम्बर्द्धन र विकासका लागि स्थानीय सरकारकाे जिम्मेवारी भित्र पर्नेछ। प्रदेश, स्थानीय सरकार र किसानहरूकाे साझेदारीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको थियाे। यस्तै सामाजिक विकास मन्त्रालय अन्तरगत बजेट तथा कार्यक्रमकाे व्यवस्थापन गर्ने निर्णय गरेकाे छ।
सामाजिक विकास मन्त्रालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभिएकाे थियाे। सामाजिक विकास मन्त्रालयमा रहेकाे युवा तथा खेलकुदकाे जिम्मेवारी छुट्टै युवा तथा खेलकुद मन्त्रालय बनाइएकाे थियाे। जसले गर्दा मन्त्रिपरिषद् बैठकले बजेट तथा कार्यक्रमकाे व्यवस्थापन गर्ने निर्णय गरेकाे हाे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 