काठमाडौँ- काठमाडौँको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन्। आइतबार भएको उपनिर्वाचनमा उनले ७४२ मत प्राप्त गरे।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत ल्याइन्। नेकपा (माओवादी केन्द्र)का उमेदवार नारायण विष्ट २८७ मत ल्याएर तेस्रो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ।
यस्तै, नेकपा (एमाले)का उमेदवार बद्री बुढाथोकीले १५४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बिजेस बस्नेतले ८७, अर्का स्वतन्त्र उमेदवार मदनप्रसाद दाहालले ५८ मत पाए।
प्रकाशित: १७ मंसिर २०८१ ११:३१
प्रतिक्रिया