एनपीएल : काठमाडौँ र चितवन, जनकपुर र कर्णाली भिड्दै

हिमाल प्रेस १७ मंसिर २०८१ ८:१५
12
SHARES
एनपीएल : काठमाडौँ र चितवन, जनकपुर र कर्णाली भिड्दै एनपीएलमा सहभागी टिमका कप्तानहरू। तस्बिर : एनपीएल

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा मंसिर आज (सोमबार) दुईवटा खेल हुँदैछन्। बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्नेछन्। काठमाडौँको कप्तानी करण केसीले तथा चितवनको कुशल मल्लले गर्नेछन्।

आज नै दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन्। जनकपुरको कप्तानी अनिलकुमार साहले तथा कर्णालीको सोमपाल कामीले गर्नेछन्। कर्णालीमा भारतका चर्चित ब्याटर शिखर धवन पनि आबद्ध छन्।

शनिबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो।

प्रकाशित: १७ मंसिर २०८१ ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast