काठमाडौँका यी स्थानमा आज ४ घण्टा विद्युत् अवरुद्ध

हिमाल प्रेस १५ मंसिर २०८१ ७:२६ | Saturday, November 30, 2024
काठमाडौँका यी स्थानमा आज ४ घण्टा विद्युत् अवरुद्ध

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ।

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिनेछ।

ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो। लाइन काटिँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले पहिलो पक्षमा मागेको छ।

प्रकाशित: १५ मंसिर २०८१ ७:२६ | Saturday, November 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast