एनपीएल : चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने

हिमाल प्रेस १३ मंसिर २०८१ २१:३२ | Thursday, November 28, 2024
एनपीएल : चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को टोली चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनबाट काठमाडौँ आउन चाहने समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ।

खेल हुने दिनमा चितवन मेडिकल कलेजदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरसम्म र क्रिकेट मैदान कीर्तिपुरदेखि चितवन मेडिकल कलेजसम्म निःशुल्क दैनिक पाँच वटा बस व्यवस्था गरिएको टोलीले जनाएको छ।

यो सेवा टिकट खरिद गरेका समर्थकहरूले लिन सक्ने चितवन राइनोजले जनाएको छ।

चितवन राइनोजले आफ्नो पहिलो खेल यही मंसिर १७  गते काठमाडौँ गुर्खाजसँग खेल्दै छ। यो खेल दिउँसो सवा एक बजे सुरु हुनेछ। पहिलो खेलका लागि चितवन मेडिकल कलेजदेखि काठमाडौँका लागि बिहान तीनबजे बस प्रस्थान गर्नेछ।

प्रकाशित: १३ मंसिर २०८१ २१:३२ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast