शिल्पाको ‘दसैँ आयो’ ले जित्यो अस्करको युवा सर्ट फिल्म प्रतिस्पर्धा

हिमाल प्रेस १३ मंसिर २०८१ १३:४६ | Thursday, November 28, 2024
शिल्पाको ‘दसैँ आयो’ ले जित्यो अस्करको युवा सर्ट फिल्म प्रतिस्पर्धा

काठमाडौँ- अस्करको दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा शिल्पा केसीको निर्देशनमा बनेको छोटो फिल्म ‘दसैँ आयो’ले जितेको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) को आयोजनामा सम्पन्न दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ प्रथम भएको हो। फिल्मले एक लाख नगदसहित पुरस्कार पाएको छ।

प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ दोस्रो र विशाल झाको ‘अन्तिम यात्रा’ तेस्रो भएको छ। स्पेसल मेन्सन अवार्ड देवनन्दन मण्डलको ‘पेपर बोन्ड्स’ले जितेको छ।

२० वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीलाई ८ देखि १५ मिनेटसम्मका फिल्म कात्तिक पहिलो सातासम्म पठाइसक्नुपर्ने आव्हान गरिएको थियो। कलेजका प्रधानाध्यापक रामराजा दाहालले फिल्म निर्माणमा उदीयमान प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्न यो प्रतियोगितालाई निरन्तरता दिएको बताए।

उनले भने, ‘फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले उनीहरुलक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरेका हौँ।’ युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने उनको भनाइ छ।

प्रथम, द्वितीय, तृतीय र स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन्।

प्रकाशित: १३ मंसिर २०८१ १३:४६ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast