सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

हिमाल प्रेस १२ मंसिर २०८१ १६:०५ | Wednesday, November 27, 2024
सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट सेयर बजार

काठमाडौँ- आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ। आज नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो।

आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता सेयर ८९ हजार पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० को कारोबार भएको छ। आज कारोबारमा आएका सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

विशाल बजार कम्पनी, कर्णाली बिकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,सर्पोट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ।

वित्त समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी व्यापार समूह नौ दशमलव २७ र विकास बैंक समूह तीन दशमलव १८ प्रतिशतले बढेको छ।

प्रकाशित: १२ मंसिर २०८१ १६:०५ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast