आर्टमाण्डुको ‘ऊनको स्वीटर’ वैशाख २६ मा प्रदर्शन

हिमाल प्रेस १२ मंसिर २०८१ १३:५८ | Wednesday, November 27, 2024
आर्टमाण्डुको ‘ऊनको स्वीटर’ वैशाख २६ मा प्रदर्शन

काठमाडौँ- आर्टमाण्डुकाे निर्माणमा बनेकाे पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ आगामी वैशाख २६ मा प्रदर्शन हुने भएको छ। फेसबुकमा पोस्टर सार्वजनिक गर्दै फिल्म वैशाख २६ मा प्रदर्शन गर्न लागेको आर्टमाण्डुले जानकारी दिएको हो।

विपिन कार्की र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मका निर्देशक नवीन चौहान हुन्। फिल्मकाे सहायक कलाकारमा सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाललगायतको अभिनय छ।

निर्देशक चौहानकै लेखन रहेको फिल्मका सह-लेखक सुरज कटुवाल हुन्। आर्टमाण्डुले यसअघि निर्माण गरेको थुप्रै म्युजिकल फिल्म चर्चित छ।

प्रकाशित: १२ मंसिर २०८१ १३:५८ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast