नेपाल धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

हिमाल प्रेस १० मंसिर २०८१ १८:५१ | Monday, November 25, 2024
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर

काठमाडौँ- नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई नेपाल धितोबोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

धितोपत्र बोर्डको अध्यक्षका लागि सिफारिसि समितिले श्रेष्ठसहित डा.नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो।

सिफारिस समितिले अध्यक्षका लागि आकांक्षी अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईंलाई आइतबार अन्तर्वार्ताका लागि अर्थ मन्त्रालयमा बोलाएको थियो।

चापागाईं भने अन्तर्वार्तामा सहभागी भएका थिएनन्।

प्रकाशित: १० मंसिर २०८१ १८:५१ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast