जापान सरकारद्वारा कालीदेवी माध्यमिक विद्यालयलाई छात्रावास हस्तान्तरण

हिमाल प्रेस १० मंसिर २०८१ १६:१० | Monday, November 25, 2024
जापान सरकारद्वारा कालीदेवी माध्यमिक विद्यालयलाई छात्रावास हस्तान्तरण

काठमाडौँ- जापान सरकारले ललितपुरको बागमती गाउँपालिकास्थित कालीदेवी माध्यमिक विद्यालयलाई छात्रावास हस्तान्तरण गरेको छ।

सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि जापानी राजदूत किकुता यूताकाले विद्यालय व्यवस्थापनलाई छात्रावास हस्तान्तरण गरेका हुन्।

जापान सरकारको ‘ग्रासरूट ह्युमान सेक्युरिटी प्रोजेक्टर (सीजीपी’ अन्तर्गत दुई करोड पाँच लाखको लागतमा सुविधासम्पन्न छात्रावास निर्माण भएको हो।

उक्त अवसरमा राजदूत किकुताले छात्रावास निर्माण कार्यमा संलग्न सबैको प्रयासको प्रशंसा गरेका थिए। छात्रावास निर्माण भइसकेपछि लामो दूरी तय गरेर विद्यालय आउनुपर्ने छात्राहरूको बाध्यता अन्त्य हुने उनले विश्वास व्यक्त गरे।

नवनिर्मित छात्रावासले पठनपाठनका लागि अनुकूल वातावरण निर्माण गर्ने राजदूत किकुताको भनाइ थियो।

उनले भूकम्पपछि क्षतिग्रस्त भएका विद्यालयको कक्षाकोठा पनि जापान सरकारको सहयोगले पुनर्निर्माण गरिएको उल्लेख गरे।

राजदूत किकुताले नवनिर्मित छात्रवास भवनको संरक्षणका लागि विद्यालय व्यवस्थापनका साथै स्थानीयवासी गम्भीर भएर लाग्ने विश्वास व्यक्त गरे। उनले नेपाली समाजको विकास र नेपाल–जापानबीचको सम्बन्ध स्थापित गर्ने गरी अगाडि बढ्न विद्यालयका विद्यार्थीहरूसँग आग्रह गरे।

प्रकाशित: १० मंसिर २०८१ १६:१० | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast