नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

हिमाल प्रेस १० मंसिर २०८१ १५:४६ | Monday, November 25, 2024
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ- यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ। नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार छ सय ८३ दशमलव २४ को विन्दुमा कायम भएको हो।

आज तीन सय नौ कम्पनीको एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता सेयर ६५ हजार आठ सय २४ पटक किनबेच हुँदा रू छ अर्ब ३४ करोड ५८ लाख नौ हजार पाँच सय ९७ बराबरको कारोबार भएको छ। उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २३ र म्युचुअल फन्ड शून्य दशमलव ३२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दाधेरै वित्त समूह दुई दशमलव २७ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव ११, विकास बैंक एक दशमलव २१, होटल तथा पर्यटन एक दशमलव २४, जलविद्युत् शून्य दशमलव ४४ र लगानी समूह एक दशमलव ०५ प्रतिशतले बढेका छन्।

त्यस्तै, जीवन बीमा शून्य दशमलव २३, लघुवित्त शून्य दशमलव १९, निर्जीवन बीमा एक दशमलव २७, व्यापार शून्य दशमलव ०९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको छ। बेस्ट फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९१ प्रतिशतले बढेको छ। सबैभन्दा धेरे घट्नेमा भने ङादी ग्रुप पावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ५४ करोड सात लाख ५० हजार छ सय ७८ बराबरको १० लाख ७७ हजार छ सय ८५ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: १० मंसिर २०८१ १५:४६ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast