मन्त्री चौधरीले अवलोकन गरे वुद्व जन्मस्थल लुम्बिनी

हिमाल प्रेस १० मंसिर २०८१ १३:०३ | Monday, November 25, 2024
मन्त्री चौधरीले अवलोकन गरे वुद्व जन्मस्थल लुम्बिनी

लुम्बिनी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सोमबार बुद्वजन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्।

मन्त्री चौधरीले मायादेवी मन्दिरको भ्रमणसँगै मार्कन स्टोन, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको जानकारी तथा अवलोकन गरेका हुन्। मन्त्री चौधरीले पुरातात्त्विक क्षेत्रको संरक्षणको विषयमा चासो राखेका थिए। उनले लुम्बिनीमा आध्यात्मिक वातावरण निर्माण गर्न लाग्नु पर्नेमा जोड दिए।

राज्यमन्त्री चौधरीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन्।

राज्यमन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका चौधरीलाई उपाध्यक्ष डा. लामासँगै कोषाध्यक्ष ढुण्डिराज भट्टराई, वोर्ड सदस्य श्याम रोका, योजना प्रुमुख स्मिता भट्ट, वरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सुचना अधिकृत राजन बस्नेत लगायतले स्वागत गरे।

उक्त अवसरमा उपाध्यक्ष डा लामाले बृहत लुम्बिनी क्षेत्रमा भइरहेको पुरातात्त्विक क्षेत्रको संरक्षण र अन्य कार्य प्रगतिको जानकारी गराएका थिए। उपाध्यक्ष लामाले सरकारले नितिगत निर्णय गर्न सके लुम्बिनीमा पैसाको अभाव नहुने बताए। यस्तै कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीमा पर्यटकको संख्या वढिरहेको जानकारी दिए।

प्रकाशित: १० मंसिर २०८१ १३:०३ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast