प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

हिमाल प्रेस ९ मंसिर २०८१ १६:२५ | Sunday, November 24, 2024
प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ। अधिकारीको राजीनामा आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका हुन्।

अधिकारीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाको सचिव पदबाट राजीनामा पेस गरेका थिए।

संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम भोलिदेखि लागू हुनेगरी उनको स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८१ १६:२५ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast