नयाँ राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प

हिमाल प्रेस ७ मंसिर २०८१ १६:३७ | Friday, November 22, 2024
नयाँ राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प राहदानी विभाग

काठमाडौँ- नयाँ राहदानी वितरणको काम ठप्प भएको छ। राहदानी विभागले सार्वजनिक सूचना जारी गरी नयाँ राहदानी बनाउने काम रोकिएको जनाएको हो।

‘राहदानीको तथ्यांक व्यवस्थापनमा केही समस्या देखा परेका कारण राहदानी विभाग, जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा समेत राहदानी सेवा प्रवाह प्रभावित हुन पुगेको छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ।

विभागका अनुसार समस्या समाधान भएसँगै सेवा सुरु हुनेछ। ‘उक्त समस्या समाधानका लागि प्राविधिकहरूको टोलीले निरन्तर काम गरिरहेको र छिटै सेवा पुन:सुरु गरिने व्यहोरासमेत अनुरोध छ,’ विभागले भनेको छ।

प्रकाशित: ७ मंसिर २०८१ १६:३७ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast