अन्नपूर्ण क्षेत्रमा भूकम्प

हिमाल प्रेस ६ मंसिर २०८१ १२:५१
26
SHARES
अन्नपूर्ण क्षेत्रमा भूकम्प

काठमाडौँ– पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ।

प्रकाशित: ६ मंसिर २०८१ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast