ललितपुरमा फिल्म साउथ एसिया महोत्सव सुरु

हिमाल प्रेस ६ मंसिर २०८१ ११:५४ | Thursday, November 21, 2024
ललितपुरमा फिल्म साउथ एसिया महोत्सव सुरु

काठमाडौँ- ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिमसहित मंसिर ६ (आज)देखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु भएको छ। ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु फिल्म र वृत्तचित्र प्रर्दशन गरिनेछ।

महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका फिल्म प्रदर्शन हुनेछ। महोत्सवका सहायक निर्देशक पवस मानन्धरले यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको उल्लेख गर्दै उत्कृष्ट फिल्म, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट फिल्म, उत्कृष्ट डेब्यु फिल्म र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने जानकारी दिए।

‘महोत्सवमा निर्देशनसम्बन्धी कार्यशाला पनि हुनेछ’, उनले भने, ‘वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव सुनौलो अवसर हो।’ आयोजक टिमका अनुसार कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थिति रहनेछ। महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु फिल्म प्रदर्शन गर्ने तयारी छ।

प्रकाशित: ६ मंसिर २०८१ ११:५४ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast