मन्त्रीलाई करोडौँ कमिसन खाएको आरोप लगाउने बजगाईंले मागे माफी

हिमाल प्रेस ५ मंसिर २०८१ ९:४४ | Wednesday, November 20, 2024
मन्त्रीलाई करोडौँ कमिसन खाएको आरोप लगाउने बजगाईंले मागे माफी

काठमाडौँ- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् ।

सांसद बजगाईले मन्त्री पाण्डेले क्यासिनोलाई स्वीकृति दिँदा करोडौं कमिसन खाएको आरोप लगाएपछि उनलाई पार्टीले स्पष्टीकरण सोध्दै प्रमाण मागेको थियो।

बजगाईले सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै लेखेका छन्, ‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो। मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु। टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु।’

बजगाईले आरोप लगाएपछि मन्त्री पाण्डेले उनीविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका थिए।

प्रकाशित: ५ मंसिर २०८१ ९:४४ | Wednesday, November 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast