छायांकनमा ‘रिमै’

हिमाल प्रेस ४ मंसिर २०८१ १३:१२ | Tuesday, November 19, 2024
छायांकनमा ‘रिमै’

काठमाडौँ- खिल बहादुर गुरुङको निर्देशन बन्ने फिल्म ‘रिमै’ को शुभ मुहूर्तसँगै छायांकन सुरु गरिएको छ। गोरखाको सिरानचोकमा मंगलबार शुभमुहूर्त गर्दै छायांकन थालिएको निर्देशक गुरुङले जानकारी दिए।

फिल्मको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङले दिएका छन्। निर्माण टिमका अनुसार एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा छायांकन हुनेछ। फिल्म शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन्।

दयाहाङ र रिश्मासहित फिल्ममा बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङलगायत कलाकारको अभिनय रहनेछ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन्। गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्मस् प्रालीको प्रस्तुति र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बन्ने छ। फिल्मको निर्मातामा वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले छन्।

प्रकाशित: ४ मंसिर २०८१ १३:१२ | Tuesday, November 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast