युक्रेनलाई रूसविरूद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति

हिमाल प्रेस ३ मंसिर २०८१ १६:४० | Monday, November 18, 2024
युक्रेनलाई रूसविरूद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति फाइल तस्बिर

युक्रेन- अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिएका छन्।

एक अमेरिकी अधिकारीले नाम नछाप्ने सर्तमा ‘द न्युयोर्क टाइम्स’ र ‘द वाशिङ्टन पोस्ट’ को रिपोर्टलाई पुष्टि गर्दै युक्रेनले लामो समयदेखि माग गर्दै आएको यो आग्रहलाई वाइडेनले स्वीकृति दिएका हुन्। उत्तर कोरियाले रूसलाई सहयोग गर्न सेना तैनाथ गरेको प्रक्रियामा यो स्वीकृति आएको ती अधिकारीले बताएका छन्।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सीले लामो समयदेखि वासिङ्टनबाट शक्तिशाली मिसाइल प्रणाली प्रयोग गर्ने अधिकारका लागि आग्रह गर्दै आएका थिए।

क्रेमिनलबाट भने यसबारेमा कुनै प्रतिक्रिया आएको छैन। रया नोभोस्ती एजेन्सीले रूसी तल्लो सदन (डुमा) को रक्षा समितिका प्रमुख आन्द्रेई कार्तापोलोभलाई उद्धृत गर्दै युक्रेनमा कुनै पनि कुराले कारबाहीको मार्ग परिवर्तन नगर्ने जनाएको छ।

उत्तर कोरियाली सेनाको युद्धमा प्रवेश तथा आइतबारको ठूलो रूसी मिसाइल आक्रमणको सन्दर्भमा राष्ट्रपति बाइडेनले रूसी राष्ट्रपति बाइडेनले बुझ्ने भाषामा प्रक्रिया दिएको विदेशमन्त्री रादोस्ला सिकोस्र्कीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्।

आक्रमणको सिकार भएकाले आफ्नो रक्षा गर्ने अधिकार रहेको उनले बताएका छन्। युक्रेन युद्धमा आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको चीनले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ।

प्रकाशित: ३ मंसिर २०८१ १६:४० | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast