जेलेन्स्कीले भने : ट्रम्प राष्ट्रपति बनेपछि रुससँगको युद्ध अन्त्य हुनेमा विश्वस्त छु

हिमाल प्रेस २ मंसिर २०८१ ९:५१ | Sunday, November 17, 2024
जेलेन्स्कीले भने : ट्रम्प राष्ट्रपति बनेपछि रुससँगको युद्ध अन्त्य हुनेमा विश्वस्त छु

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि रुससँगको युद्ध ‘चाँडो अन्त्य’ हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएपछि ट्रम्पसँगको फोन वार्ताका क्रममा आफूसँग ‘रचनात्मक आदानप्रदान’ भएको बताए।

उनले रुससँग सम्भावित वार्ताका सम्बन्धमा ट्रम्पले कुनै माग गरेका थिए वा नभएको बताएनन् तर युक्रेनको अडान विपरीत हुने कुनै पनि कुरा आफूले सुनेको छैन भने। बीबीसीबाट

प्रकाशित: २ मंसिर २०८१ ९:५१ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast