चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानबारे कसैले पनि प्रश्न उठाउन नपाउने बताएका छन्। उनले आफूहरू एक चीन सिद्धान्तमा प्रतिबद्ध रहेको बताएका छन्।
उनले शनिबार पेरुको लिमामा भएको ३१औं एपेक आर्थिक नेताहरूको बैठकमा बोल्दै चीनका लागि लोकतन्त्र, मानवअधिकार, प्रणाली र विकास चीनका चारवटा रातो रेखा भएको बताए। उनले यसलाई पार गर्न नहुने बताए।
सीले चीन र अमेरिकाजस्ता दुई ठूला देशबीचको अन्तरविरोध र मतभेद अपरिहार्य नरहेको बताए। एजेन्सी
प्रकाशित: २ मंसिर २०८१ ८:३५
प्रतिक्रिया