युक्रेनमा शान्ति स्थापनाका लागि रूस नै बाधक : जी–७

हिमाल प्रेस १ मंसिर २०८१ २०:३६
8
SHARES
युक्रेनमा शान्ति स्थापनाका लागि रूस नै बाधक : जी–७ फाइल तस्बिर

काठमाडौँ– युक्रेनमा युद्ध अन्त्यका लागि न्यायोचित समाधान हुन नदिनुमा रूसको मात्र जिम्मेवारी रहेको जी–७ ले बताएको छ।

‘युद्ध अन्त्य र शान्तिका लागि एक मात्र बाधक रूस बनेको छ,’ औद्योगिक राष्ट्रहरूको समूह ‘जी सेभेन’ले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, जापान र संयुक्त राज्य अमेरिका सम्मिलित जी–७ ले ’‘प्रतिबन्ध, निर्यात नियन्त्रण र अन्य प्रभावकारी उपायमार्फत रूसमाथि गम्भीर मूल्य थोपर्ने आफ्नो प्रतिबद्धता’ पुष्टि गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, क्षेत्रीय अखण्डता र यसको पुनःर्निर्माणका लागि युक्रेनको लडाईंमा हामी ऐक्यवद्धताका साथ उभिएका छौँ।

रूसको आक्रमणले विश्वभरका कमजोर मानिसहरूमा पारेको प्रभावलाई पनि हामीले बुझेको जी–७ ले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८१ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast