१४ अंकले घटेको सेयर बजारमा करिब आठ अर्बको कारोबार

हिमाल प्रेस २८ कार्तिक २०८१ १६:००
8
SHARES
१४ अंकले घटेको सेयर बजारमा करिब आठ अर्बको कारोबार

काठमाडौँ- सेयरबजारमा आज झण्डै ८ अर्बको खरिदबिक्री भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ७ अर्ब ९१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको हो। उक्त कारोबारमा जानकी फाइनान्सको ३३ करोड ८६ लाख, पोखरा फाइनान्सको २५ करोड ८९ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख, समृद्धि फाइनान्सको २१ करोड १३ लाख र पिपुल्स हाइड्रोपावरको १८ करोड २२ लाखको योगदान मिलेको छ।

कुल १ करोड ५३ लाख कित्ता सेयर किनबेचमा यो परिमाणको कारोबार भएको नेप्सेले जनाएको छ। यद्यपि आज बजार परिसूचक नेप्से भने १४.१२ अंकले ओरालो लागेर २७३४.८३ विन्दुमा आइपुगेको छ। आजको कारोबारमा ९९ कम्पनीको सेयर बढे पनि १३८ वटाको घटेको र ७ वटाको अघिल्ल्लो मूल्यमै कारोबार भएको छ।

बुधबार सप्तकोशी डेभलपमेन्ट बैंक र शृजनशील लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। १० प्रतिशतले सेयर बढ्दा यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ६७, २२९.५० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। यसबाहेक मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ।

तर आज कुथेली बुखारी हाइड्रोपावरको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। नेप्सेका अनुसार कम्पनीको सेयर १० प्रतिशतले घट्दा लगानीकर्ताले क्रमशः ३०९.९० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। यसबाहेक समाज लघुवित्तको ४.९३ प्रतिशत, एनएलजी इन्स्योरेन्स ४.०४ प्रतिशत र बुटवल पावर कम्पनीको ३.६३ प्रतिशतले सेयर मूल्य घटेको छ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचुअल फन्ड बढ्दा नेप्सेको ठूलो गिरावट थामिनपुगेको देखिएको छ।

प्रकाशित: २८ कार्तिक २०८१ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast