रास्वपाले प्रकाश बुढालाई बनायो महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार

हिमाल प्रेस २८ कार्तिक २०८१ १३:४९ | Wednesday, November 13, 2024
रास्वपाले प्रकाश बुढालाई बनायो महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार

काठमाडौँ- आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंगो लगाएको छ। पार्टीको जिल्ला समितिको बैठकले जेसीआई दैलेखका अध्यक्षसमेत रहेका प्रकाश बुढालाई गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो।

उनको नाम रास्वपाले सर्वसम्मत ढंगले चयन गरेको हो। उपनिर्वाचनका लागि महाबु गाउपालिका अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जङ्गबहादुर रावल अध्यक्षा पदका उम्मेदवार छन्। एमाले, नेकपा एकीकृत समाजवादीलगायत दलले भने अझै उम्मेदवारको टुंगो लगाइसकेका छैनन्।

त्यस्तै दैलेखको दुल्लु नगरपालिका-१३ पनि मंसिर १६ मै उपनिर्वाचन हुँदैछ। यहाँ रास्वपाले रामबहादुर शाहीलाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ।

प्रकाशित: २८ कार्तिक २०८१ १३:४९ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast