उपनिर्वाचनपछि शिक्षा विधेयकमाथि दफावार छलफल सुरु गरिने

हिमाल प्रेस २७ कार्तिक २०८१ १६:२६
1.5k
SHARES
उपनिर्वाचनपछि शिक्षा विधेयकमाथि दफावार छलफल सुरु गरिने

काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० माथि उपपनिर्वाचनपछि मात्र छलफल हुने भएको छ।

स्थानीय तह उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। निर्वाचन क्षेत्रमा गएका सांसदहरू समिति बैठकमा उपस्थित हुने सम्भावना न्यून भएपछि उपनिर्वाचन पछि विधेयकमाथि दफावार छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सचिव दशरथ धमलाले हिमालप्रेससँग भने,‘विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल उपनिर्वाचनपछि मात्र होलाजस्तो छ। मान्यज्यूहरू निर्वाचन क्षेत्र केन्द्रित हुनुहुन्छ।’

यसअघि तिहारपछि दफावार छलफल सुरु हुने बताइएको थियो। शिक्षा सरोकारवालाहरूले संसद्को हिउँदे अधिवेशनबाट विधेयक पारित गर्न दबाब दिइरहेका छन्।

प्रकाशित: २७ कार्तिक २०८१ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast