२२ अंकले बढ्यो नेप्से

हिमाल प्रेस २६ कार्तिक २०८१ १५:२४ | Monday, November 11, 2024
२२ अंकले बढ्यो नेप्से

काठमाडौँ- धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २२.१४ अंकले बढेको छ। नेप्से ०.८० प्रतिशतले बढेर २७६०.२१ को बिन्दुमा पुगेको छ। यसदिन ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँमा दुई करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएका १४३ कम्पनीको सेयर मूल्य बढेको छ। ९२ कम्पनीको सेयर मूल्य घट्दा ९ को स्थिर छ।

सोमबार पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था, मानुसी लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा इस्टर्न हाइड्रोपावर लिमिटेड छ र यसको सेयर मूल्य दश प्रतिशतले घटेको छ।

कारोबारमा रहेको १३ उपसमूहमध्ये आठको समूहगत परिसूचक बढेको छ भने पाँचको घटेको छ। सबैभन्दा धेरै माइक्रोफाइनान्स क्षेत्रको समूहगत परिसूचक ३.२० प्रतिशतले बढेको छ।

प्रकाशित: २६ कार्तिक २०८१ १५:२४ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast