विदेशमा अवैध बसिरहेका सात लाख महिला कामदारलाई श्रम स्वीकृति दिँदै सरकार

हिमाल प्रेस २६ कार्तिक २०८१ १५:०७
20
SHARES
विदेशमा अवैध बसिरहेका सात लाख महिला कामदारलाई श्रम स्वीकृति दिँदै सरकार

काठमाडौँ- सरकारले खाडी र मलेसियामा बसेका अवैधानिक महिला कामदारलाई श्रम स्वीकृति दिने भएकाे छ । आज श्रम मन्त्रालयमा भएकाे समसामयिक विषय छलफल कार्यक्रममा श्रम मन्त्री शरत्‌सिंह भण्डारीले खाडीका देश र मलेसियामा अवैधानिक रूपमा बसेका कामदारलाई श्रम स्वीकृति दिने निर्णय भएकाे बताएका हुन्। उनले सरकारले यस विषयमा ठाेस निर्णय गरेकाे र चाडै कार्यन्वयनमा ल्याउने पनि बताए। खाडी र मलेसियामा कार्यरत कामदार धेरै बस्दा उनीहरू समस्या पर्ने गरेकाे उनले बताए।

सरकारले २०७२ सालयता  खाडीका देश र मलेसिया घरेलु राेजगारीमा महिला कामदार पठाउन राेक लगाएकाे छ । मन्त्रालयका अनुसार खाडीका देश र मलेसियामा अवैध रुपमा करिब सात लाख नेपाली महिला कामदार रहेको अनुमान छ। अवैध महिला कामदारहरू मलेसिया, साउदी अरब, कुवेत र यूएईमा बढी रहेको मन्त्रालयको अनुमान छ।

प्रकाशित: २६ कार्तिक २०८१ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast