वैदेशिक रोजगारीबाट फर्किएर उद्यममा लागेकी रिताले तिहारमा बिक्री गरिन् एक लाखको सेलरोटी

हिमाल प्रेस २४ कार्तिक २०८१ १६:०८
24
SHARES
वैदेशिक रोजगारीबाट फर्किएर उद्यममा लागेकी रिताले तिहारमा बिक्री गरिन् एक लाखको सेलरोटी

बाँके- आदर्शनगर निवासी रिता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेकी छन्। उनले दुई वर्षदेखि सेलरोटी बिक्री गर्दै आएकी छन्। उनले भनिन्, ‘म यही उद्यम गर्नमा रमाइरहेको छु। सेलरोटी नेपालगञ्जका होटल र क्याफेमा बिक्री हुने गरेका छन्।’

दैनिक रुपमा मागअनुसार ५० देखि एक सय सेलरोटी पकाएर बिक्री वितरण गर्ने गरेको उनको भनाइ छ। अन्य समयमाभन्दा दसैँ तिहारमा रोटी पकाउन भ्याइनभ्याइ हुने गरेको उनले बताइन्।

केही समय वैदेशिक रोजगारीका लागि कुवेत गएर फर्किएकी गुरुङले यो वर्षको तिहारमा सेलरोटी, फिनी रोटी र झिनिया बिक्री गरेर एक लाखभन्दा बढी आम्दानी गरिन्।

गुरुङले यो तिहारमा लागि झिनिया (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाएर बिक्री गरेको बताइन्। तिहारमा झिनिया रोटी प्रतिगोटा ३०, फिनीरोटी प्रतिगोटा ४०, सेलरोटी प्रतिगोटा ३० र बतासा रोटी प्रतिगोटा १५ मा बिक्री भएको उनले बताइन्।

प्रकाशित: २४ कार्तिक २०८१ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast