यूएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

हिमाल प्रेस २४ कार्तिक २०८१ १२:५२
12
SHARES
यूएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

काठमाडौँ- यू-१९ महिला विश्व कपको एसिया छनोटको तेस्रो खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई १२३ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ रोजेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाउन पुग्यो। अबको केही बेरमा नेपालले ब्याटिङ गर्नेछ।

यूएईका लागि रनिथा रजिथाले ३३ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४८ रन जोड्दा ओपनर लाभन्या केन्यले ३२ बलमा २० बनाइन्। इदुजा नन्दकुमारीले १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि रिया शर्माले ३ तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिइन्। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा बिहीबार कुवेतलाई १०८ रनले हराएको थियो। नेपाल र यूएईले हालसम्म समान ४-४ अंक प्राप्त गरेका छन्।

रनरेटका आधारमा भने नेपालभन्दा यूएई अघि छ। डबल राउन्ड रोबिन्डका आधारमा यसपछि पनि आफ्नो समूह ३ टोलीसँग खेल खेल्नुपर्ने हुन्छ। यदि आजको खेल नेपालले जितेमा भने अंकतालिकामा नेपाल शीर्षमा पुग्नेछ।

प्रकाशित: २४ कार्तिक २०८१ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast